नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्षमा दाहाल सर्वसम्मत
थानकोट ।
दोलखाका भीम दाहाल नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् ।
सोमबार नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
अध्यक्षका लागि दाहालसहित लक्ष्मण लम्साल, श्याम बस्नेत र बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गरेका थिए ।
तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि दाहाल सर्वसम्मत बनेका हुन् ।
उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ निर्वाचित भएका छन् ।
सचिवमा एलपी श्रेष्ठ सर्वसम्मत भए ।
उपसचिवमा दीपक धनुके, नानीराम चौलागाईं र निरु खरेलले चुनिएका छन् ।
अधिवेशनबाट १६८ सदस्यीय कमिटी निर्विरोध चुनिएको समाजवादीले जानकारी दिएको छ ।














