नेकपा माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आज बस्दैछ ।

बैठक बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो ।

सरकारले सदनमा पेश गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।

यसअघि सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिक घटना क्रमका बारेमा समीक्षा भएको थियो ।

आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्ने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *