नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Thankot Times

थानकोट ।

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज सोमबार बस्दैछ । 

सो पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे पदाधिकारी बैठक बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

हिजो आइतबार बस्ने भनिएको बैठक सोमबार बिहानका लागि सारिएको थियो।

माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान चलाइरहेको थियो।

आइतबारदेखि उक्त अभियान तत्कालका लागि स्थगित गरेर पार्टी नेताहरू काठमाडौं फर्किएका थिए।

बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *