तोसिमा कार्कीको सांसद् पद बच्यो
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद डा. कार्कीको सांसद् पद कायम रहने भएको छ ।
कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि उनको सांसद् पद कायम रहेको हो ।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो ।
मेडिकल काउन्सिल सदस्य हुँदाहुँदै २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।














