राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ ।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा हुने सो पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए ।
समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्य-मान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान हो ।
फाइल फोटो














