प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता बम पक्राउ
थानकोट ।
हेटौंडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।
बमले हेटौंडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए ।
बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउँदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए ।
सो कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेत सहभागी थिए ।














