नेकपा एमाले सचिवालयको बैठक आज बस्दै
थानकोट ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज सोमबार बस्दैछ ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तु लगायतका विषयमा छलफल हुनेछ ।














