नेपाली काँग्रेस पदाधिकारी बैठक भोलि बस्ने

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

भोलि (मंगलबार) दिउँसो २ बजे सभापतिको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारिता लगायतको विषयमा छलफल हुनेछ ।

बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि छलफल हुने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *