पूर्वप्रधानमन्त्री भट्टराई आज भारत जाँदै

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई आज छिमेकी राष्ट्र भारत जाँदै छन्।

उनी आज दिउँसो १ बजेको फ्लाईट मार्फत भारत जान लागेका उनको सचिवालयले जनाएको छ।

अध्यक्ष डा. भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेका हुन्।

अधिवेशन आइतबारबाट भारतको फरिदावादमा हुँदैछ ।

अध्यक्ष भट्टराईको साथमा नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा (नयाँ शक्ति) का सचिव एवं प्रवास प्रदेश अन्तर्गत भारतका ईन्चार्ज सन्देश कार्की पनि भारत जाँदै छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *