वाइसीएल चन्द्रागिरि नगर अध्यक्षमा सुरेश सुर्खेती निर्वाचित
थानकोट ।
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसीएलको चन्द्रागिरि नगर अध्यक्षमा सुरेश सुर्खेती सर्वसम्मत निर्वाचित भएका छन् ।
वाइसीएलको चन्द्रागिरि नगर कमिटीको तेस्रो नगर सम्मेलनले सुर्खेतीको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको बताइएको छ ।
सम्मेलनमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लिला शर्मा लगायत सो पार्टी सम्बद्दविभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो ।
सम्मेलनले उपाध्यक्षमा विमला विसन्खे र गम्भीर महर्जन, सचिवमा उत्सव भट्ट, सहसचिवमा विकास अच्छामी र साकार जिसी तथा कोषाध्यक्षमा सुनेश महर्जनसहित ३९ सदस्यीय नगर कमिटी सर्वसम्मत चुनेको हो ।












