बामदेव गौतम नेकपा एसमा समाहित हुन सहमत
थानकोट ।
एमालेका पूर्व उपाध्यक्षसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एसमा समाहित हुने भएका छन् ।
दुई जनाबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
आउँदो साउन २ गते राष्ट्रिय सभा गृहमा एक समारोहका बीच एकताको घोषणा गर्ने सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।
यसअघि नेपाल र गौतमबीच पटक-पटक एकताका लागि छलफल भए पनि निचोड निस्केको थिएन् ।
नेकपा एमालेले औपचारिक रूपमा गौतमसँग सहकार्य गर्ने निर्णय गरेको थियो ।
तर, यसले मूर्त रूप पाउन सकेको थिएन्।













