प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन सम्भावित कार्यसूची
थानकोट ।
संघीय ससंद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘न्याय परिषद्को वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ पेस गर्ने कार्यसूची छ ।
बैठकमा ‘न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’, ‘लोक सेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन (२०८१ साउन २०८२ असार)’ पेस गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेलागयत बैठकको कार्यसूची छ ।









