आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन सम्भावित कार्यसूची
थानकोट ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्नेछ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगाा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा शोक प्रस्ताव पनि प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेस गर्नेछन् ।
संविधान सभा सदस्य एवं पूर्वराज्य मन्त्री खड्गबहादुर बस्यालको निधनप्रति शोक प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।












