परराष्ट्र मन्त्री शिशिर खनाल आज मौरिसस जाँदै

Thankot Times

थानकोट ।

परराष्ट्र मन्त्री शिशिर खनाल आज (चैत २६) आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मौरिसस जाँदै छन् । नवौँ इन्डियन ओसियन कन्फ्रेन्स मौरिससमा यही चैत २७ देखि २९ गतेसम्म आयोजना हुँदै छ ।

यही कन्फ्रेन्समा भाग लिन परराष्ट्रमन्त्री खनाल त्यसतर्फ जान लागेका हुन् ।

“नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा नेपालको सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको छ । उक्त कन्फ्रेन्समा माननीय परराष्ट्रमन्त्रीज्यूको सहभागिताका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।

भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर सहभागी हुनेछन् ।

नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा भाग लिने क्रममा मौरिससमा परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुनेछ ।

नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा समुद्री सुरक्षा, आर्थिक विकास र दिगोपनको बारेमा छलफल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ