उपसभामुख निर्वाचनका लागि आज उमेदवारी दर्ता गर्ने तालिका

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको उपसभामुख चयनका निम्ति आज (चैत २६) उमेदवारी दर्ताको समय तोकिएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार नै दिउँसो २:३० बजे उमेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने उल्लेख छ ।

२७ गते उपसभामुखको निर्वाचन हुँदै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । त्यसमाथि छलफल भएर निर्णय गरिनेछ ।

सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट उपसभामुख निर्वाचनको मिति तोक्दै सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।

उपसभामुखका लागि विपक्षी दलहरूले उमेदवारी दिने बताउँदै आएका छन् ।

प्रतिनिधिसभाको दुईतिहाइ बहुमतनिकट रहेको सत्तारूढ रास्वपाको समर्थन पाउने दलबाट नै उपसभामुख चयन हुनेछ । हालसम्म रास्वपाले कुनै दललाई समर्थन गरेको छैन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ