के तपाँईले नेपाल टेलिकमको नयाँ वर्ष योजना सुचारु गर्नुभयो ?
थानकोट ।
नेपाल टेलिकमले नयाँ वर्षको योजना सार्वजनिक गरेको छ ।
नयाँ वर्ष २०८३ का अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराउने भएको हो ।
अफरअन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका प्याकेज उपलब्ध छ । न्यु इयर लाइटअन्तर्गत ४९९ मा प्रतिदिन पाँच जीबी डाटा उपलब्ध हुनेछ । पाँच जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय दुई एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
यस्तै, न्यु इयर प्रिमियमअन्तर्गत ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ । १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय तीन एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । चैत ३० देखि वैशाख २ गतेसम्म अफरअन्तर्गतको प्याकेज खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ ।
नयाँ वर्ष २०८३ अफर प्राप्त गर्न मोबाइलबाट *1415*11# डायल गर्न गर्नुपर्नेछ । नेपाल टेलिकमको एपबाट समेत यो प्याकेज खरिद गर्न सकिने जनाइएको छ ।











