फेसबुकमा प्राविधिक समस्या
थानकोट ।
सामाजिक सञ्जाल फेसबुकमा समस्या आएकाे छ ।
प्रयोगकर्ताले आइतबार फेसबुकका विभिन्न सेवामा समस्या देखिएको गुनासो गरेका छन् ।
केही प्रयोगकर्ताले न्युज फिड लोड नहुने, पोस्ट प्रकाशित गर्न नसकिने, लगइनमा समस्या आउने तथा मेसेन्जरमार्फत सन्देश पठाउन कठिनाइ भएको बताएका छन् ।
फेसबुकमा देखिएको प्राविधिक समस्याबारे मातृ कम्पनी मेटाले हालसम्म विस्तृत आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।
केही प्रयोगकर्ताले न्युज फिड नखुल्ने, पोस्ट प्रकाशित गर्न नसकिने, लगइनमा समस्या आउने तथा मेसेन्जरमार्फत सन्देश पठाउन कठिनाइ भइरहेको गुनासो गरेका छन् ।










