प्रधानमन्त्री शाह र मुख्यमन्त्रीहरूबीच छलफल

Thankot Times

थानकोट ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बिहीबार प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् ।। छलफलका कोशी र सुदूरपश्चिमबाहेक पाँच प्रदेशका मुख्यमन्त्री सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयकाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा विकास निर्माणका काम, अहिले भइरहेको ढिलासुस्ती र कारण, सरकारको प्राथमिकता, स्रोत–साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशले भोगिरहेका प्रशासनिक र आर्थिक समस्यामा केन्द्रित रहेको थियो ।

राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारबीच आवश्यक सहकार्य थप सुदृढ बनाउन गर्न सकिने प्रयासबारे पनि छलफल भएको छ ।

गएको चैत १३ गते पदभार सम्हालेपछि प्रधानमन्त्री शाहले आज पहिलो पटक मुख्यमन्त्रीहरूसँग सामूहिक भेट र छलफल गर्नुभएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *