१२ वटै संसदीय समितिले पाए सभापति
थानकोट ।
संसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध गर्ने काम सुरुवातदेखि नै देखिन थालेको छ ।
शुक्रबार शुक्रबार संसदीय समितिका सभापतिहरूको निर्वाचन थियो । सो क्रममा केही समितिमा पत्रकारलाई प्रवेश निषेध गरिएको हो ।
शुक्रबार प्रतिनिधिभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन थियो ।
सो क्रममा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको सुरुमा पत्रकारहरूलाई फोटो खिच्नको लागि प्रवेश दिइएको थियो । फोटो खिचेपछि पत्रकारलाई समिति सभाकक्षबाट निकालेर राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बाँकी कार्य अगाडि बढाइएको थियो । समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सर्वसम्मत निर्वाचित भए । ढकालको एकल मनोनयन परेको थियो ।
त्यस्तै, कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा सर्वसम्मत निर्वाचित भइन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रास्वपाका आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा रास्वपाकी आकृति अवस्थी पनि सर्वसम्मत निर्वाचित भए ।
त्यस्तै, संसदीय सुनुवाइ समिति सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाबाटै रहबर अन्सारी, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा रास्वपाका सुम्निमा उदास पनि सर्वसम्मत निर्वाचित भए ।
प्रमुख प्रतिपक्षी दलले पाउँदै आएको सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका भरत खड्का पनि सर्वसम्मत निर्वाचित भए । रास्वपाको समर्थन पाएका खड्काले पाएपछि यो समिति सभापतिमा एकल उम्मेदवारी परेको थियो ।
दुईवटा समिति सभापतिका लागि भने मतदान भएको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा रास्वपाका तर्फबाट गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी परेको थियो । समिति सभापतिमा रास्वपाको स्पष्ट बहुमत भएकाले कार्की निर्वाचित भए ।
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा पनि रास्वपाकी ओजश्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालको उम्मेदवारी परेको थियो । समिति सभापतिमा रास्वपाकी शेरचन निर्वाचित भइन् ।












