एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

ओली अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएकाे उनकाे सचिवालयले जनाएकाे छ ।

ओलीकाे स्वास्थ्य अवस्था सुधारोन्मुख भएपछि चिकित्सकहरूको सल्लाहमा डिस्चार्ज गरिएको अस्पताल स्राेतले जनाएकाे छ ।

जेन–जी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले गत १४ चैतमा ओलीलाई पक्राउ गरेको थियो ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ओलीलाई पक्राउ परेका थिए ।

पक्राउ परेलगत्तै स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा रहँदा उनको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *