मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा भएका प्रमुख पाँच निर्णयहरू

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले मुख्य पाँचवटा विषयमा निर्णय गरेको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठनसहितका पाँचवटा निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।

अध्यक्षको नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट संयोजक रहने गरी सिफारिस समिति गठन गरिएको छ, जसमा अर्थसचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य छन् ।

बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ ।

मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै, बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई मनोनयन गरेको छ । सदस्य पदमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *