नागढुङ्गाबाट समातिए २० वर्षीय युवा, अनुसन्धान जारी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त पदार्थ १ ग्राम १३ मिलिग्रामसहित कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २० वर्षीय अरूण चौधरी बिहीबार बिहान समातिएका हुन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.०१-००२ ख १३३७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो
उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।














