…. अनि नागढुङ्गाबाट समातिए निकलेश

Thankot Times

थानकोट ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट ५ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका-१ का २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ गरिएको हो ।

समाचार कक्षका अनुसार तनहुँको देवघाट गाउँपालिका-५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित पक्राउ गरिएको छ । उनको घर खानतलासी गर्दा जरायोका सिङ र गैँडाको छालासमेत बरामद भएको छ ।

यसैगरी, झापाको हल्दीबारी गाउँपालिका-३ बाङ्गे बजारबाट खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ ।

उनीहरू शुक्रबार पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *