बागमती प्रदेशस्तरीय एकता भेला गर्दै नेपाली कांग्रेसको इतर समूह
थानकोट ।
नेपाली कांग्रेसको इतर समूहले पार्टीलाई एकताबद्ध बनाउन बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ ।
नेता प्रकाशमन सिंहको निवास चाक्सीबारीमा भएको प्रदेशस्तरीय नेताहरूको छलफलले सो निर्णय गरेको हो ।
एकताको लागि भनिएको प्रदेशस्तरीय भेला आगामी ३० वैशाखमा काठमाडौंमा हुनेछ ।
चाक्सीबारीको छलफलमा सिंह, बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, नेताहरू डा प्रकाशशरण महत, मोहन बस्नेत लगायतका नेताहरू सहभागी थिए ।










