विपद् व्यवस्थापनसम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्दै रास्वपा

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीको ‘पार्टी-सांसद-सरकार समन्वय समिति’को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो।

मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।

रास्वपाका महामन्त्री एवं समन्वय समितिका संयोजक भूप देव शाहले जारी गरेको पत्रमा आगामी वैशाख २७ गते आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा यो कार्यक्रम सञ्चालन हुनेछ।

कार्यक्रमलाई अर्थपूर्ण र परिणाममुखी बनाउन पार्टीका सबै केन्द्रीय विभागका प्रमुख वा प्रतिनिधिहरूलाई अनिवार्य सहभागी हुन अनुरोध गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *