रास्वपा सांसदहरूको दुईदिने संसदीय प्रशिक्षण सुरु
थानकोट ।
‘सक्षम सांसद सशक्त संसद्’ भन्ने नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ ।
रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौंमा प्रशिक्षण दिन दिने छ ।
सदनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूलाई विविध विषयमा आज र भोलि संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रशिक्षण दिइने विभागले बताएको छ ।
प्रशिक्षण कार्यक्रममा सांसदहरूलाई अनिवार्य सहभागिताका लागि रास्वपाले निर्देशन दिएको थियो ।
प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायत पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी छन् ।










