पार्टी हित विपरित कार्य गर्ने १५ जनाको सदस्यता खारेज गर्ने रास्वपाको निर्णय

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले १५ जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले १५ जना सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरेको हो। 

पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले बताए। 

उनका अनुसार प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गरिएको छ भने जिल्ला अधिवेशनको तयारी गर्ने निर्णय गरिएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *