प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बुधबारकाे बैठकमा बोल्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले २८ वैशाखमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभाका सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिन लागेका हुन् ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ