प्रतिनिधि सभाको बैठक आज बस्दै

Thankot Times

थानकोट ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक बस्दै छ ।

प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएकाे प्रतिनिधि सभाको बैठक आज बस्ने भएकाे हाे । बैठक बिहान ११ बजेका लागि बाेलाइएकाे छ ।

बुधबार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए ।

स्थगन गर्दै पटकपटक बैठक राखिए पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि प्रतिनिधि सभाको अर्को बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएकाे छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *