नेकपा एमालेको सचिवालय बैठक जेठ २ गते शनिबार बस्ने
थानकोट ।
नेकपा (एमाले)को सचिवालय बैठक आह्वान गरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार (जेठ २) बस्ने गरी सचिवालय बैठक बोलाएका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
“शनिबारलाई बैठक भन्ने थाहा भयो, तर समय र स्थान भने टुंगो लागिसकेको छैन,” पौडेलले भने ।
एमालेमा निर्वाचन परिणामको समीक्षा हुन नसकेको, पार्टी पुनर्गठन गरिनुपर्नेलगायत माग केही नेताले गरिरहेका छन् । त्यसैले सचिवालय बैठक आह्वानलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
पछिल्लो समय ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरूसँग गुन्डुमा भेटवार्ता गरेका छन् ।
आफ्नो स्वास्थ्य अवस्थामा सुधार भएसँगै उनी राजनीतिक रूपमा सक्रिय भएका छन् ।










