बागमती प्रदेश सभाको बैठक जेठ ११ गतेका आह्वान
थानकोट ।
बागमती प्रदेश सरकारले जेठ ११ गते प्रदेश सभा बैठक आह्वान गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वानका लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गरेको हो ।
सोही बैठकले प्रदेश सरकारको कार्य विभाजनको नियमावली संशोधनको निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
बैठकले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन पदमा डा. त्रिलोचनचन्द्र झा र धादिङ जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन डा. नवीन महासेठलाई पदस्थापना गर्ने निर्णय गरेको प्रवक्ता प्रभात तामाङले बताए ।










