विभिन्न १० वटा संसदीय समितिको बैठक बस्दै
थानकोट ।
राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभौतिक सांस्कृतिक (संरक्षण) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उक्त विधेयक आजै पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
आज संघीय संसद्अन्तर्गतका विभिन्न १० वटा संसदीय समितिको बैठक बस्दै छ ।
प्रतिनिधि सभाको बैठक नरहेका कारण आज अधिकांश समितिका बैठक बस्ने कार्यतालिका छ ।










