एमाले सचिवालय बैठक भोलि शनिबार पनि बस्ने
थानकोट ।
नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठक सकिएको छ ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केही बेरअघि सकिएको हो ।
यसअघि गत सोमबार सचिवालय बैठक डाकिएको थियो । तर, उक्त दिन कुनै पनि प्रस्तावमाथि छलफल भएनन् ।
बैठक शुक्रबारका लागि सारिएको थियो ।
त्यसअघि ओलीले पार्टी नेताहरूको कार्यविभाजन प्रस्ताव गरेका थिए ।
भट्टका अनुसार आज ५ उपाध्यक्षले बोलेका छन् ।
बाँकी पदाधिकारीले भोलि बोल्ने कार्यतालिका रहेको छ ।










