नेपाली कांग्रेसबाट निर्वाचित दुई वडाध्यक्ष पदमुक्त

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसबाट निर्वाचित दुई वडाध्यक्ष पदबाट हटाइएका छन्।

गुल्मीका दुई स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले सूचना जारी गरेको हो।

मुसिकोट नगरपालिका-२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका-३ का वडाध्यक्ष पदमा बहादुर विष्ट पदमुक्त भएका हुन्।

दुवै जना पछिल्लो समय काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको विवरण सार्वजनिक भएको थियो।

दल परिवर्तनसम्बन्धी आन्तरिक निर्णय र केन्द्रीय कार्यसम्पादन समितिको सिफारिससहितको कागजात निर्वाचन आयोगमा प्राप्त भएपछि आयोगले उनीहरूको पद रिक्त भएको औपचारिक जानकारी गराएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *