एसियन गेम्स पुरुष क्रिकेट छनोटः नेपालको समूहमा तीन टोली

Thankot Times

थानकोट ।

कतारले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नखेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले कतारले सहभागिता नजनाउने जानकारी दिएको हो ।

एसीसीले बुधबार जारी गरेको नयाँ खेल तालिकाअनुसार अब समूह ‘ए’मा नेपाल, चीन र मलेसिया मात्र रहनेछन् ।

प्रतियोगितामा नेपालसहित सात राष्ट्र सहभागी छन् ।

एसीसीले सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘बी’मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् ।

छनोट प्रतियोगिता सिंगापुरमा मे ३१ बाट सुरु हुनेछ ।

नेपालले पहिलो दिन चीनसँग प्रतिस्पर्धा गर्दै प्रतियोगितमा सुरुवात गर्नेछ ।

नेपालले जुन ४ मा मलेसियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

सेमिफाइनल पुग्ने टोली एसियन गेम्सको पुरुष क्रिकेटका लागि छनोट हुनेछन् ।

जुन ७ मा सेमिफाइनल र जुन ८ मा फाइनल हुनेछ ।

भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र आयोजक जापानले सिधै एसियन गेम्समा स्थान बनाइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *