सांसद्हरूको धक्कामुक्की र नाराबाजीबीच प्रतिनिधि सभा नियमावली पारित
थानकोट ।
विपक्षीहरूको नाराबाजी र धकेलाधकेलबीच प्रतिनिधि सभा नियमावली पारित भएको छ ।
प्रतिनिधि सभाको हिजोको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेदन सभामुख डीपी अर्यालले निर्णायार्थ पेश गर्ने तयारी गरेलगत्तै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए ।
नियमावली संविधान र प्रचलित कानुनसँग बाझिने भन्दै कतिपय प्रावधान सच्याएर नियमावली पारित गर्नुपर्ने विपक्षी दलका सांसदहरुको अडान थियो ।
सभामुख अर्यालले विपक्षीको माग बेवास्ता गर्दै निर्णायार्थ पेश गरेपछि विपक्षी सांसदहरूले वेल घेराउ गरेका थिए ।
एमाले सांसद ऐन महरसहितले उफ्रिँदै वेल घेराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए ।
विपक्षी सांसदहरुले नाराबाजी गर्दै विरोध गरे पनि सभामुख अर्यालले प्रतिवेदन पारित भएका घोषणा गरे ।
नियमावलीमा सांसदहरूका लागि विशेषाधिकार हुने उल्लेख छ ।












