बागमती प्रदेश सभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदै छ ।

प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

यही १२ जेठमा बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *