नेकपा एमालेका नेता कार्यकर्ताले मागे प्रधानमन्त्री शाहको राजीनामा

Thankot Times

थानकोट ।

 नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिको विरोध गर्दै प्रदर्शन गरेको छ ।

सोमबार (जेठ १८) काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागी नेता–कार्यकर्ताले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री बालेनको अभिव्यक्तिविरुद्ध नाराबाजी गरे ।

राष्ट्रघाती अभिव्यक्ति फिर्ता लिन उनीहरूले माग गरे ।

कालापानी, लिम्पियाधुरा र सुस्ता नेपालको क्षेत्र रहेको उनीहरूका नारामा उल्लेख थियो ।

उनीहरूले भारतीय विस्तारवादको पनि खुलेर विरोध गरे ।

एमाले कार्यकर्ताले प्रधानमन्त्री बालेनको राजीनामा पनि माग गरे ।

‘सार्वभौम सदनबाट राष्ट्रविरोधी अभिव्यक्ति बन्द गर’ भन्ने मूल नारासहित उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *