थानकोट चेकपोष्टबाट समातिए धादिङका एक पुरुष

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टबाट एक जना पुरुष पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित धादिङ नाैबिसे घर भएका केदार तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *