सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा बिहीबार (जेठ २१) सुनको मूल्य सामान्य घटेको छ ।
सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख ११ हजार १ सय रुपैयाँ तोकिएको छ ।
बुधबार (जेठ २०) छापावाल सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला पाँच हजार २ सय ८५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला पाँच हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।












