सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १० हजार रुपैयाँ घट्यो
थानकोट ।
आज सुनको भाउ तोलामै १० हजार १ सय रुपैयाँले घटेको छ ।
भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि हिजो सुन तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १ सय ८५ रुपैयाँले घटेको छ ।
हिजो तोलाको ४ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको ४ हजार ७ सय ४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।












