सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

सुन तोलामा ५ हजार ३०० र चाँदी १९० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९२ हजार कायम भएको छ ।

एक तोला चाँदीको मूल्य ४ हजार ८४० रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार एक तोला सुन २ लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *