संसदीय समितिमा चार सदस्यहरू हेरफेर

Thankot Times

थानकोट ।

चारवटा संसदीय समितिमा चार सांसदहरू हेरफेर भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूको हेरफेर गरिएको हो ।

यसलाई आजको प्रतिनिधि सभाले सहमति दिएको छ ।

यसरी हेरफेर हुनेहरूमा राम लामा, बोधनारायण श्रेष्ठ, मनिष झा र बुद्धरत्न महर्जन रहेका छन् ।

लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार समितिमा सरेका छन् ।

त्यस्तै, श्रेष्ठ पूर्वाधार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा गएका छन् ।

मनिष झा उपभोक्ता समितिबाट सार्वजनिक लेखा समितिमा गएका छन् ।

अर्का सांसद बुद्धरत्न महर्जन भने सार्वजनिक लेखाबाट उपभोक्ता समितिमा पुगेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *