कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार बिहान नतिजा सार्वजनिक गरेको हाे ।

बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार गत १४ देखि २७ वैशाखसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *