सानीगाड हाइड्रोको आईपीओ बाँडफाँट, ४ लाख ६७ हजार ४ सय जनाले पाए १०-१० कित्ता

Thankot Times

थानकोट ।

सानीगाड हाइड्रो कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।

जेठ १८ देखि २१ गतेसम्म खुलेको यस कम्पनीको आईपीओमा २७ लाख ५९ हजार ४९० आवेदन स्वीकृत भएको थियो । अत्याधिक आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको हो ।

आईपीओ बाँडफाँटका क्रममा ४ लाख ६७ हजार ४ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओको नतिजा सीडीएससीको वेबसाइटबाट हेर्न सकिनेछ । कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता सेयरका लागि आवेदन खुलाएको थियो ।

कम्पनीले बझाङमा ३८. ४ मेगावाट क्षमताको सानीगाड हाइड्रोपावर (माथिल्लो कालंगाड) आयोजना सञ्चालन गर्नेछ । जसको कुल लागत ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।

आयोजनाको प्रतिमेगावाट लागत २२.५८ करोडको अनुमान छ । कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ पाएको छ । गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ । प्रतिसेयर आम्दानी ८।६५ रुपैयाँ रहेको छ । त्यस्तै सञ्चित नाफा २६ करोड ३७ लाख रुपैयाँ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *