नेपाली बजारमा सुनको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

सुन तोलामा एक हजार २ सय र चाँदी १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ९७ हजार ३ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९ सय ८० रुपैयाँ कायम भएको छ ।

मंगलबार एक तोला सुनको मूल्य दुई लाख ९८ हजार ५ सय र चाँदी चार हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *