शेयर बजारमा आजबाट खुल्यो हाइड्रोको आईपीओ, असार ८ गतेसम्म आवेदन दिन सकिने

Thankot Times

थानकोट ।

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीको बुधबारदेखि आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ ।

जसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, सामुहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता सेयर आज बुधबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट इच्छुक आवेदकले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

असार ८ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *