नागढुंगा नाकाबाट समातिए सबिन
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना युवा समातिएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार करिब २ ग्रामसहित सो पदार्थसहित सुनसरी रामधुनी नगरपालिका-३ बस्ने ३२ वर्षीय सबिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस बारेमा प्रहरी वृत्त थानकोटबाट थप अनुसनधान भइरहेको प्रहरीको भनाइ छ ।










