सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवयासी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत असार ५ गते सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम थियो ।

आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ३१५ रुपैयाँ तोकिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि केही बढोत्तरी भएको छ । अघिल्लो कारोबारको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँ पुगेको छ।
असार ५ गते चाँदी प्रतितोला ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ