सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा २ लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा १ सय ४० रुपैयाँले घटेर चार हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सोमबार भने चाँदी तोलामा चार हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।










